निजी आवास पुर्ननिर्माणका लागि अनुदान रकम वितरणको प्रगति विवरण (माघ २५ गतेसम्म) स्वतः प्रकाशन ब्यबस्थापन प्रणाली (PDMS) वमोजिमको दोस्रो त्रैमासिक (कार्तिक-पुस) को प्रतिवेदन करार सेवामा प्राविधिक कर्मचारी भर्ना सम्वन्धी कार्य स्थगित भएको सूचना जि.स.स. को मिति २०७४/१०/०७ गते वसेको वैठकको निर्णयहरु निजी आवास पुर्ननिर्माणका लागि अनुदान रकम वितरणको प्रगति विवरण (पौष ३० गतेसम्म) चालु आ.व. मा जि.स.स.मा दर्ता/नविकरण भएको “घ” वर्गको ईजाजत पत्रको विवरण जि.स.स. र नगरपालिकाका प्रमुखहरु विच २०७४/०९/२१ गते भएको समन्वय वैठकको निर्णयहरु जि.स.स. को मिति २०७४/०९/०७ गते वसेको वैठकको निर्णयहरु जि.स.स. र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु विच २०७४/०९/०५ गते भएको समन्वय वैठकको निर्णयहरु करार सेवामा प्राविधिक कर्मचारी भर्ना सम्वन्धी सूचना

जिल्ला समन्वय समिति, काठमाडौंको पहिलो वैठकको निर्णयहरु

जिल्ला समन्वय समिति, काठमाडौंको पहिलो औपचारिक वैठकको निर्णयहरु

निर्णय नं १
लोकतान्त्रिक आन्दोलनको क्रममा विभिन्न समयमा सहादत प्राप्त गर्नु भएका बिर सहिदहरु प्रति हार्दिक  श्रद्धान्जली  व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते हुनु भएका व्यक्तिहरुको शिध्र स्वास्थ्यलाभको कामनाका साथ सम्मान प्रकट गर्ने निर्णय गरियो ।

निर्णय नं २
यस जिल्ला समन्वय समितिका पदाधिकारीहरुको निर्वाचनमा मतदान गरि हामीलाई निर्वाचित गराउनु भएकोमा सम्पुर्ण मतदाताहरु, निर्वाचनको कार्यमा खटिनु भएका मुख्य निर्वाचन अधिकृत लगायत सवै राष्टसेवक कर्मचारीहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।

निर्णय नं ३
काठमाडौं जिल्लामा निजी आवास अनुदान पाउन नसकी गुनासो दर्ता गराएका व्यक्तिहरु मध्ये छुट सर्वेक्षण तथा पुन जाँच सर्भेक्षण गर्ने भनी निर्णय भएकाहरुको सर्वे तथा पुन जाँचको वारेमा आवश्यक छलफल तथा अन्तरक्रियाको लागि समन्वायत्मक वैठक मिति २०७४/४/२९ गते वस्ने र उक्त वैठकमा काठमाडौं जिल्लाका नगरपालीकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, जिल्ला आयोजना कार्यान्वयन ईकाई प्रमुखहरु, राजनैतिक दलका जिल्ला प्रमुखहरु, एवं सरोकारवालाहरुलाई आमन्त्रण गर्ने निर्णय गरियो ।

निर्णय नं ४
जिल्ला समन्वय समितिमा निवाचित पदाधिकारीहरु वहाल नभएको अवस्थामा जि.वि.स/जिल्ला समन्वय समितिको प्रमुखको रुपमा सकृयता पुर्वक कार्य सम्पादन गर्नु भएका उक्त अवधिका सवै स्थानीय विकास अधिकारीहरु एवं वहांहरुको कार्यमा सहयोग गर्नुभएका सम्पुर्ण राष्ट्र सेवक कर्मचारीहरुलाई हाल सम्म गरि आउनु भएको कार्यका लागि धन्यवाद दिने निर्णय गरियो ।

Skip to toolbar