स्वतः प्रकाशन (PDMS) – पहिलो त्रैमासिक प्रकाशन (२०७५ श्रावण-असोज) प्रतिनिधि/राष्ट्रिय/प्रदेश सभा सदस्यले निर्वाचन क्षेत्र रोज्‍ने सम्वन्धी जानकारी पत्रको नमुना स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली- २०७५ जिल्ला समन्वय समिति काठमाडौंको स्वामित्वमा चन्द्रागिरी नगरपालिका वडा नं. १२ वलम्वुमा रहेको खाली जग्गा भाडामा दिने सम्वन्धी सूचना स्थानीय तहहरुको आ.व. २०७४/०७५ को वार्षिक प्रगति समीक्षा सम्पन्न निजि आवास अनुदान वितरणको प्रगति विवरण (२०७५ भाद्र २५ गतेसम्मको) काठमाडौं जिल्लाका स्थानीय तहहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रमको प्रस्तुतिकरण ढांचा जि.स.स.को मिति २०७५ भाद्र ७ गते वसेको वैठकको निर्णयहरु जि.स.स.को मिति २०७५ श्रावण ७ गते वसेको वैठकको निर्णयहरु जिल्ला समन्वय समितिको कार्यालय, काठमाडौंको पुराना मालसामान लिलाम बढावढ बिक्री गर्ने सम्वन्धी १५ दिने सूचना (पुनः प्रकाशित)

संक्षिप्त परिचय

भौगोलिक विभाजन अनुसार काठमाण्डौं जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तरगर रहेको छ । काठमाण्डौं उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाण्डौं देशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा  १ वटा महानगरपालिका र १० नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस –(२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाण्डौं जिल्लाले ०.२७ प्रतिशत भाग औगटेको छ ।


Skip to toolbar