जिल्ला समन्वय समितिको कार्यालय, काठमाडौंको पुराना मालसामान लिलाम बढावढ बिक्री गर्ने सम्वन्धी १५ दिने सूचना प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा प्राकृतिक स्रोत (ढुंगा, गिट्टि, वालुवा) व्यवस्थापन जिल्ला अनुगमन समितिको मिति २०७५/०३/०५ गते वसेको वैठकका निर्णयहरु निजि आवास अनुदान वितरणको प्रगति विवरण (२०७५ जेठ मसान्तसम्म) जिल्ला समन्वय समितिको मिति २०७५/०२/२८ गते वसेको वैठकको निर्णयहरु स्वतः प्रकाशन ब्यबस्थापन प्रणाली (PDMS) वमोजिमको तेस्रो त्रैमासिक (२०७४ माघ-चैत्र) को प्रतिवेदन २०७४ चैत्र ३० गतेसम्मको निजी आवास पुर्ननिर्माणका लागि अनुदान रकम वितरणको प्रगति विवरण जि.स.स. को मिति २०७५/०१/०७ गते वसेको वैठकको निर्णयहरु मिति २०७४/१२/२८ गते मकवानपुर र काठमाडौं जिल्लाका स्थानीय तहका पदाधिकारीहरु एवं सरोकारवालाहरु विच वसेको समन्वय वैठकको निर्णयहरु २०७४ चैत्र २५ गतेसम्मको निजी आवास पुर्ननिर्माणका लागि अनुदान रकम वितरणको प्रगति विवरण मिति २०७४/१२/२६ गते वसेको कर्मचारी वैठकको निर्णयहरु

प्रदेश नं ३ मा काठमाडौं जिल्लावाट प्रतिनिधित्व गर्नुहुने माननीय सांसदज्यूहरुको स्वागत एवं परिचयात्मक कार्यक्रम सम्पन्न

जिल्ला समन्वय समितिको कार्यालय, काठमाडौं

  प्रदेश नं ३ मा काठमाडौं जिल्लावाट प्रतिनिधित्व गर्नुहुने माननीय सांसदज्यूहरुको स्वागत एवं परिचयात्मक कार्यक्रम सम्पन्न

 

जिल्ला समन्वय समिति, काठमाडौंको आयोजनामा जि.स.स. सभाकक्ष, ववरमहलमा काठमाडौं जिल्लाबाट प्रदेश नं. ३ मा प्रतिनिधित्व गर्नुहुन माननीय सांसदज्यूहरुको स्वागत एवं परिचयात्मक कार्यक्रम सम्पन्न भयो । जिल्ला समन्वय समिति प्रमुख श्री प्रमुख शिवसुन्दर राजवैद्यज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सभाका सदस्यज्यूहरु, काठमाडौं जिल्ला सभाका सदस्यज्यूहरु (महानगर/नगरपालिकाका प्रमुख एवं उपप्रमुखज्यूहरु), प्रमुख जिल्ला अधिकारीज्यू, काठमाडौं जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, महानगर/नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु, विषयगत कार्यालयका प्रमुखहरु, भक्तपुर र ललितपुर जि.स.स.का प्रमुख एवं उपप्रमुखज्युहरु, मुख्य राजनैतिक दलका प्रमुखहरु, जि.स.स. काठमाडौं/जिल्ला प्राविधिक कार्यालय/महानगरपालिकाका कर्मचारीहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

          जि.स.स. काठमाडौंका सूचना अधिकारी श्री सीता कार्कीले संचालन र जि.स.स. उप–प्रमुख श्री सरिता दाहालले स्वागत गर्नु भएको उक्त कार्यक्रममा काठमाडौं जि.स.स.का गतिविधिहरुको वारेमा जिल्ला समन्वय अधिकारी श्री गोपाल कुमार अधिकारीले र जिल्ला समन्वय समिति महासंघकोतर्फबाट महासंघका प्रवक्ता एवं भक्तपुर जि.स.स.का प्रमुख श्री नवराज गेलालले प्रस्तुति गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, माननीय रमा आलेमगर, माननीय नरोत्तम वैद्य, माननीय मन्त्री केशव स्थापित र प्रदेश नं. ३ का माननीय सभामुख सानु कुमार श्रेष्ठले जि.स.स.ले आगामी दिनमा खेल्नु पर्ने भूमिकाका सम्वन्धमा आ–आफ्नो विचार राख्नु भएको थियो ।

Skip to toolbar