जिल्ला अनुगमन तथा समन्वय समिति, काठमाडौं र नगरपालिकाहरु विच भएको समन्वय वैठकको निर्णय जिससको मिति २०७५/१०/२५ गते वसेको वैठकको निर्णयहरु जिससको मिति २०७५/१०/०६ गते वसेको वैठकको निर्णयहरु जिल्ला अनुगमन तथा समन्वय समिति, काठमाडौं र नगरपालिकाहरु विच भएको समन्वय वैठक र स्थलगत अनुगमनका निर्णयहरु स्वतः प्रकाशन (PDMS) – दोस्रो त्रैमासिक प्रकाशन (२०७५ कार्तिक-पौष) लिलाम विक्री सम्वन्धी ७ दिने सूचना जिल्ला अनुगमन तथा समन्वय समितिको मिति २०७५/९/१८ गते वसेको वैठकको निर्णयहरु लिलाम विक्री सम्वन्धी १५ दिने सूचना जिससको मिति २०७५/०९/०८ गते वसेको वैठकको निर्णयहरु जिससको मिति २०७५/०८/०६ गते वसेको वैठकको निर्णयहरु

स्थानीय तहहरुको आ.व. २०७४/०७५ को वार्षिक प्रगति समीक्षा सम्पन्न


जिल्ला समन्वय समितिको कार्यालय, काठमाडौं

 प्रेस विज्ञप्ति

(आ.व. २०७४/०७५ को वार्षिक प्रगति समीक्षा सम्पन्न)

 स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९२ (ञ) वमोजिम यस जिल्ला अन्तर्गतका सवै स्थानीय तहहरुले गत आ.व. २०७४/०७५ को वार्षिक कार्यक्रमको विषयमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख श्री शिवसुन्दर राजवैद्को सभापतित्व र पूर्वप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सदस्य माननीय माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा मिति २०७५ असोज २ गते भौतिक तथा वित्तिय प्रगतिको समीक्षा सम्पन्न भयो ।

 उक्त कार्यक्रममा काठमाडौं जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने माननीय सांसदहरु, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी,  महानगरपालिका र सवै नगरपालिकाका प्रमुख/उप-प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरु, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा काठमाडौं जिल्लाका १० वटै नगरपालिका,  काठमाडौं महानगरपालिका र जिल्ला समन्वय समितिको आ.व. २०७४/०७५ को आ-आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत भएको थियो ।

 प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं प्रतिनिधि सभाका सदस्य माननीय माधव कुमार नेपालले विकासमा दुरदृष्टिको अभाव रहेकोले प्रत्येक न.पा. र सिंगो जिल्लाको अल्पकालिन र दीर्घकालिन विकासको गुरुयोजना वनाई सोही अनुसार कार्य गर्न जोड दिनु भयो । नगरपालिकाहरुले भौतिक पूर्वाधार विकास गर्दा स्थानीय मौलिकता र सान्दर्भिकता झल्कने एवं स्थानीय आवश्यकता पहिचान गरी विकासका मूल्य, मान्यता र सूचकहरु निर्धारण गरी कार्यगर्न जोड दिनु भएको थियो भने सामाजिक विकासका लक्ष्यहरु प्राप्त गरी दीगो विकास हासिल गर्न नगरपालिकाहरुको ध्यान केन्द्रित हुनुपर्ने वताउनु भएको थियो ।

 कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव श्री सुरेश अधिकारीले गत आ.व. २०७४/०७५ स्थानीय तहको आधार वर्षको रुपमा रहेको र नगरपालिकाबाट सम्पादन गरिएका भौतिक एवं वित्तिय कार्यहरु सन्तोषजनक नै रहेको पाइएको हुंदा आगामी वर्षमा यसको प्रभावकारितामा अझ वृद्धि गर्नका लागि नगरपालिकाहरुले दीर्घकालिन महत्वका योजनाहरु छनौट गरी कार्यान्वयनमा प्रभावकारिता ल्याउन जोड दिनुका साथै नगरपालिकाहरुको भौतिक संरचनाहरुको निर्माण र संस्थागत विकासको लागि मन्त्रालयले आवश्यक सवै किसिमको सहयोग र सहजीकरण गर्ने वताउनु भएको थियो । सो अवसरमा मन्त्रालयका सहसचिव श्री रुद्रसिं तामाङ्गले स्थानीय सरकार संचालन ऐन वमोजिम कार्यपालिकाव्यवस्थापकीय विधिबाट स्थानीय तहहरुले कार्यसम्पादन गर्ने व्यवस्थालाई अवलम्वन गर्न नगरपालिकाहरुलाई आग्रह गर्नुका साथै नगरपालिकाको प्रोफाईल तयार गरी वित्तिय तथा भौतिक लक्ष्य प्राप्तिका लागि तादाम्यता कायम गर्न विशेष जोड दिनु भएको थियो । साथै जि.स.स. काठमाडौंले संवैधानिक व्यवस्था वमोजिम स्थानीय तहहरुको नीतिगत अनुगमन र एकरुपताका लागि आयोजना गरेको यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै अन्य जिल्लाले पनि यस प्रकारका कार्यक्रमको अनुशरण गर्नुपर्ने वताउनु भयो ।

उक्त कार्यक्रमको अवसरमा प्रतिनिधि सभामा काठमाडौंको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्नुहुने माननीय सांसद कृष्ण राईले विकासमा नीतिगत प्रस्थान गरी विकास प्रक्रियालाई अगाडि वढाउनु पर्ने र आ–आफ्नो नगरको अल्पकालिन र दीर्घकालिन योजनाको निर्धारण गरी अगाडि वढ्न सुझाव दिनु भयो । त्यस्तै निर्वाचन क्षेत्र नं. १० का माननीय सांसद राजेन्द्र कुमार के.सी. ले स्थानीय समस्याको पहिचान गरी दिगो पूर्वाधार विकासमा जोड दिनुका साथै श्रमलाई उत्पादनसंग आवद्ध गरी आर्थिक समृद्धि हासिल गर्न सकिने वताउनु भएको थियो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट दक्षिणकाली नगरपालिकाका उपप्रमुख श्री वसन्ती डंगोल तामाङ्ग र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख श्री उद्धव खरेलले नगरपालिकाको विकास निर्माणमा योजनावद्ध खाका वनाई कार्यान्वयनमा प्रभावकारिता ल्याउन एवं आपसमा नगरपालिकाहरु विच समन्वय गरी नमूना कार्यहरु गर्न जोड दिनु भएको थियो ।

कार्यक्रममा जि.स.स. प्रमुख श्री शिवसुन्दर राजवैद्यले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुका साथै जिल्ला समन्वय समितिलाई संविधान प्रद्धत कार्य गर्न आवश्यक पर्ने न्यूनतम स्रोत साधन उपलव्ध गराई स्थानीय तहहरु विच समन्वय र सहजीकरण गर्ने कार्यलाई थप व्यवस्थित वनाउन संघीय सरकारबाट आवश्यक व्यवस्था हुन अनुरोध गर्नु भएको थियो भने उपप्रमुख श्री सरिता दाहालले सहभागीहरुलाई धन्यवाद दिनु हुँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Skip to toolbar